दफा ५२
कारबाहीको जानकारी दिनुपर्ने
धितोपत्र बजारले आफ्नो कुनै सदस्यलाई कुनै कारबाही गर्ने सम्बन्धमा स्पष्टीकरण माग गरेको वा त्यस्तो सदस्यको सदस्यता निलम्बन वा खारेज गरेको वा त्यस्तो सदस्यलाई कुनै जरिबाना गरेको वा अन्य कुनै कारबाही गरेको भए त्यस्तो कारबाही गरेको सात दिनभित्र सम्बन्धित सदस्यको नाम र कारबाही सम्बन्धी विवरण तथा कारबाही गर्नु पर्ने कारण समेत खुलाई सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।